२६ साउन– नेपालगञ्ज
पिएसपात्रो न्यूज
उद्यमशीलता बिकासका लागि प्रशिक्षक प्रशिक्षण पाँच दिने तालिम सम्पन्न भएको छ । दलित महिला संघ (फेडो) र न्याय तथा अधिकार संस्था नेपाल (जुरी–नेपाल) को सयुक्त आयोजना तथा युएन ओमनको साझेदारीमा पाँच (५) दिने उद्यमशीलता बिकासका लागि प्रशिक्षक प्रशिक्षण तालिम बाँकेको नेपालगन्जमा सम्पन्न भएको हो ।
दलित, बिपन्न र सीमान्तकृत महिलाहरुको आर्थिक सशक्तिकरणका लागि दिगो रुपमा आयआर्जन गर्न सहयोग पुर्याउने उद्देश्यका साथ गत साउन २२ गते सुरु भएको उक्त तालिम साउन २६ शनिबारसम्म तालिम सञ्चालन गरिएको थियो । उक्त तालिममा कर्णाली र सुदुरपश्चिम प्रदेशका सुर्खेत, कैलाली र डोटी जिल्ला अन्र्तगतका १० वटा स्थानिय तहबाट महिला पैरवी समूहका सदस्य, स्वयंसेवक, गरी जम्मा २५ जनाको सहभागिता रहेको थियो ।
पाँच दिने तालिमको अवधिमा सहभागीहरुले आ–आफनो क्षेत्रको व्यवसाय छनौट गरी व्यवसायिक कार्य योजना तयार पारेका थिए । तालिमको सहजीकरण उद्यमशिलता विकास विज्ञ राजन के.सी. र सविता कोइरालाले गर्नु भएको थियो । तालिममा (फेडो) केन्द्र कार्यक्रम व्यवस्थाक सुरेश विश्वकर्मा, (जुरी–नेपाल)का टिम लिडर अनिता भुजेल लगाएतको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुलाई प्रमाणपत्र समेत दिईएको थियो ।